काठमाडौं–१ मा रवीन्द्रको अग्रता, रमेश खरेल पाँचौं

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तरगत काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले अग्रता कायम गरेका छन्।
उनले २ हजार ४१७ मत ल्याउँदा कांग्रेसका प्रकाशमान सिंहले २ हजार ३०२, एमालेका किरण पौडेलले १ हजार ४४० मत ल्याएका छन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १ हजार ३६५ मत ल्याउँदा नेपाल सुशासन पार्टीका रमेश खरेलले १ हजार ३५ मत ल्याएका छन्।
देशकै सबैभन्दा बढि ३२ उम्मेदवार रहेको यस क्षेत्रमा अन्य उम्मेदवारले ६६५ मत ल्याएका छन्।
मंसिर ५, २०७९ सोमबार १६:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।