प्रारम्भिक मत गणनामा रवि निकै पछाडि, चितवन २ मा हरिले विश्वलाई पछ्याउँदै

प्रारम्भिक मत गणनामा रवि निकै पछाडि, चितवन २ मा हरिले विश्वलाई पछ्याउँदै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको सबैभन्दा बलियो देखिएको चितवन २ को प्रारम्भिक मत गणनामा रवि लामिछाने निकै पछि परेका छन्। सो क्षेत्रको प्रारम्भिक मत गणनामा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल ५ सय ५४ मतका साथ अग्रस्थानमा रहँदा उनलाई नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ३ सय ९७ मतले पछ्याइरहेका छन्।

रविले जम्मा ८७ मत पाएका छन्। यो प्रारम्भिक रुझान मात्रै हो। बरु चितवन-१ मा हरि ढकालले ४ सय ४२ मत ल्याएका छन्। कांग्रेसका उम्मेदवार विश्व पौडेल ४ सय ८१ मतले अगाडि छन्। एमालेका उम्मेदवार सुरेन्द्र पाण्डे तेस्रोमा छन्।

 

मंसिर ५, २०७९ सोमबार १६:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।