रुपन्देही–३ मा १९ मतले गृहमन्त्री खाँणको अग्रता

बुटवल : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका बालकृष्ण खाँणले १९ मतकाे सुरुवाती अग्रता बनाएका छन्।
२ सय मत गणना गर्दा बालकृष्ण खाँणले ८६ मत ल्याएका हुन्।
त्यसैगरी एमालेको समर्थनमा राप्रपाबाट उम्मेदवार बनेका दिपक बोहोराले ६७ मत ल्याएका छन्।
कुल १ लाख ३२ हजार ७९१ मतदाता रहेकोमा यस क्षेत्रबाट ९२ हजार २७२ मत खसेको थियो।
मंसिर ५, २०७९ सोमबार १६:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।