ललितपुर ३ मा अघि लागिन् तोसिमा, पछ्याउँदै एमालेका खड्का

ललितपुर ३ मा अघि लागिन् तोसिमा, पछ्याउँदै एमालेका खड्का

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले अग्रता बनाएकी छन्।

यसअघि पछि पर्दै आएकी उनले पछिल्लो मतपरिणाअनुसार ३४ मतको अग्रता बनाएकी हुन्। उनले १ हजार ४८२ मत पाउँदा एमालेका अमृत खड्काले १ हजार ४४८ र माओवादी केन्द्रकी पम्फा भुसालले ९९८ मत ल्याएकी छन्।

यसअघि यस क्षेत्रमा एमालेका खड्का अगाडि थिए भने अहिले भने कार्कीले अग्रता कायम गरेकी हुन्। ऊर्जा मन्त्रीसमेत रहेकी भुसाल भने सुरुवातदेखि नै पछाडि पर्दै आएकी छन्।

मंसिर ५, २०७९ सोमबार १६:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।