काठमाडौंको १५ सिटमध्ये एक ठाउँमा घण्टी अगाडि, अन्त पछि-पछि

काठमाडौं : प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिकमा चमत्कारिक मत पाउने आङ्कलन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं उपत्यकाका उम्मेदवारहरूले एक स्थानमा मात्रै अग्रता लिइरहेका छन्। काठमाडौं ७ मा पार्टीका उम्मेदवार गणेश पराजुलीले अन्य उम्मेदवारहरूलाई पछि पारेका छन्।
उनलाई एमालेका उम्मेदवार श्यामकुमार घिमिरेले पछ्याइरहेका छन्। उकेराले निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणलाई आधिकारिक मानेर यो समाचार तयार पारेको हो।
काठमाडौं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम तेस्रो स्थानमा छन्।यहाँ नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले लिड गरिरहेका छन्। काठमाडौं २ अनि ३ को विवरण आयोगले सार्वजनिक गरेको छैन।
काठमाडौं ४ मा पार्टीले उम्मेदवारी नै दिएको छैन। काठमाडौं ५ अनि ६ को मत परिणाम पनि सार्वजनिक गरेको छैन आयोगले।
काठमाडौं ८ मा घण्टी बाहक उम्मेदवार बिराज भक्त श्रेष्ठले हाम्रो नेपाली पार्टीका सुमन सायमीलाई पछ्याइरहेका छन्। यहाँ एमाले अनि पाँच दलीय गठबन्धनको उम्मेदवार पछि छन्।
काठमाडौं ९ मा पार्टीका उम्मेदवार टेकबहादुर पोखरेल दोस्रो स्थानमा बसेर कृष्णगोपाल श्रेष्ठलाई पछ्याइरहेका छन्। उता भक्तपुर २ मा घण्टी चिन्ह बाहक साजन विक चौथो स्थानमा छन्। यहाँ कांग्रेसका दुर्लभ थापा अगाडि छन्।
ललितपुर २ मा बुद्ध रत्न महर्जन चौथोमा छन् भने एमालेका प्रेम बहादुर महर्जन अगाडि छन्। यसै गरी ललितपुर ३ मा तोसिमा कार्की तेस्रोमा छिन्। एमालेका अमृत खड्का अगाडि छन्। ललितपुर १ मा सचिन कुमार घिमिरे तेस्रोमा छन् भने एमालेका नवराज सिलवाल अगाडि छन्।
मंसिर ५, २०७९ सोमबार १६:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।