दाङ–२ : गठबन्धनकी उम्मेदवारको ६०४ मतकाे अग्रता, एमाले महासचिव पछ्याउँदै

बुटवल : दाङको निर्वाचन क्षेत्र नं. २ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ।
प्रारम्भिक मतपरिणाममा माओवादी केन्द्रकी रेखा शर्मा खड्काले ६०४ मतकाे सुरुवाती अग्रता लिएकी छिन्।
२७८० मत गन्दा गठबन्धन दलकी उम्मेदवार शर्माले १४५० मत प्राप्त गरेकी छन्।
उनका प्रतिस्पर्धी एमाले महासचिव शंकर पोखरेलले ८४६ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले २८१ मत प्राप्त गरेका छन्।
पहिलो पटकमा घोराहीको बजार क्षेत्र वडा नं. १५ र वडा नं. १९ का साथै पहाडी क्षेत्र बंगलाचुली गाउँपालिका वडा नं. २, ५ र ८ को एक–एक मत पेटिका खोलेर गणना गरिएको हो।
मंसिर ५, २०७९ सोमबार १६:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।