रुपन्देही–४ मा सर्वेन्द्रनाथ शुक्लाको २७२ मतकाे अग्रता, पछ्याउँदै कांग्रेस

बुटवल : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभातर्फ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) उम्मेदवार शर्वेन्द्रनाथ शुक्लाले २७२ मतले अग्रता लिएका छन्।
२ हजार २४८ मत गणना हुँदा शुक्लाले ९९५ मत प्राप्त गरेका छन्। उनक निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोद यादवले ७२३ मत प्राप्त गरेका छन्।
यस्तै, राष्ट्रिय जनमत पार्टीका उम्मेदवारले ४९३ र जनता समाजवादी पार्टीका उम्मेदवारले ३१ मत प्राप्त गर्दा २०१ मत बदर मत भएका छन्।
मंसिर ५, २०७९ सोमबार १६:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।