कपिलवस्तु–३ मा कांग्रेसको सुरुवाती अग्रता, राप्रपा दोस्रो

बुटवल : कपिलवस्तु क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहले सुरुवाती अग्रता लिएका छन्।
अहिलेसम्म २१ सय ९३ मत गणना गर्दा शाहले ७ सय ९९ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रजौरियाले ४ सय १६ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।
त्यस्तै एमालेका उम्मेदवार मंगल गुप्ता ३ सय ६५ मत प्राप्त गर्दा जनता प्रगतिशील पार्टीका ईश्वर दयाल मिश्रा ३ सय ४३ मत पाएका छन्।
१५१ मत भने बदर भएको निर्वाचन अधिकृत प्रकाश मरासिनीले जानकारी दिए। यस क्षेत्रमा ७७ हजार ६९७ मत खसेको थियो।
मंसिर ५, २०७९ सोमबार १५:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।