प्रतिनिधि सभामा कांग्रेसको खाता खुल्यो, एमालेको तीन स्थानमा अग्रता

काठमाडौं : प्रतिनिधि सभातर्फको एक सय ६५ स्थानमध्ये १७ निर्वाचन क्षेत्रको गणनामा नेपाली कांग्रेसले एक स्थान जित्दै तीन स्थानमा अग्रता लिएको छ। अन्य दलको खाता खुलेको छैन।
निर्वाचन आयोगका अनुसार गणना भइरहेको स्थानमध्ये तीन स्थानमा एमालेका उम्मेदवार छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार समेत तीनै स्थानमा अगाडि छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका २ उम्मेदवार र जनमत पार्टीका २ उम्मेदवार समेत अग्रस्थानमा छन्।
प्रदेश सभातर्फ मधेसमा २ निर्वाचन क्षेत्रको गणना हुँदा दुवै स्थानमा जनमत पार्टीका उम्मेदवार अगाडि छन्। बागमतीमा भइरहेको ट वटाको गणनामा कांग्रेस २, एमाले १, एकीकृत समाजवादी १ र नेपाल मजदुर किसान पार्टीले एक स्थानमा अग्रता लिइरहेका छन्।
गण्डकीमा तीन वटा प्रदेशको गणना भइरहँदा स्वतन्त्र १, एमाले १ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक उम्मेदवारले लिड गरिरहेका छन्। लुम्बिनीका ५२ मध्ये २ प्रदेशको गणना भइरहँदा लोसपा १ र नेपाली कांग्रेसका उम्मेदवारले एक स्थानमा अग्रता लिइरहेका छन्।
सुदूरपश्चिम र कर्णालीको प्रदेशको मतगणना सुरु भएको छैन।
मंसिर ५, २०७९ सोमबार १५:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।