गुल्मी- २ को मतगणना अपराह्न ४ बजेबाट

बुटवल: गुल्मी- २ को मतगणना आज अपराह्न ४ बजेबाट सुरु हुने भएको छ। सर्वदलीय बैठकको निर्णयपछि मतगणना ४ बजेबाट गर्ने तय गरिएको हो।
मतगणना जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसमा हुनेछ। गुल्मी- २ मा एमालेका सचिव गोकर्ण विष्ट र एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा हुँदैछ।
विष्ट गुल्मी क्षेत्र नम्बर २ का निवर्तमान सांसद समेत हुन्।
मंसिर ५, २०७९ सोमबार १४:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।