स्याङ्जा- २: मतदान केन्द्र कब्जा भएको भन्दै एमाले नेतृ पद्मा अर्यालद्वारा पुनः मतदानको माग

स्याङ्जा- २: मतदान केन्द्र कब्जा भएको भन्दै एमाले नेतृ पद्मा अर्यालद्वारा पुनः मतदानको माग

काठमाडौं: आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मतदान केन्द्र कब्जा गरिएको भन्दै एमाले नेतृ पद्मा अर्यालले पुनः मतदानको माग गरेकी छिन्। स्याङ्जा प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तर्गत चापाकाेट नगरपालिकाका वडा नं. ३, ४ र ५ का मतदान केन्द्रहरू अनधिकृत कब्जा भएको उनले दावी गरेकी छिन्।

'स्वच्छ निर्वाचनका न्यूनतम मान्यता समेतको धज्जी उडाएर उम्मेदवार र फरक विचारका मतदातामाथि सांघतिक हमला गर्दै मतदाताको अधिकार खोसेर करिब शतप्रतिशत (९५.२०%) फर्जी मत खसलिएको छ', उनले भनिन्।

उनले यस गतिविधिमाथि निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै ती मतदान केन्द्रहरूमा पुनः मतदानको माग गरेकी छिन्।

मंसिर ५, २०७९ सोमबार १३:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।