काठमाडौं–९ मा एमालेका कृष्णगोपाललाई अग्रता, स्वतन्त्र पार्टीका पोखरेल थोरै मतले पछाडि

काठमाडौं–९ मा एमालेका कृष्णगोपाललाई अग्रता, स्वतन्त्र पार्टीका पोखरेल थोरै मतले पछाडि

काठमाडौं: काठमाडौंको क्षेत्र नं ९ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार एमालेका कृष्णगोपाल श्रेष्ठले अग्रता लिएका छन्। उनले ५६४ मतसहित अग्रता लिएका हुन्।

उनलाई पछ्याउँदै छन्- राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले। उनले ५६१ प्राप्त गरेका छन्।

माओवादी केन्द्रकी कल्पना धमलाले ३४५, नेपाल मजदूर किसान पार्टीका सुमन महर्जनले २६० र राष्ट्रिय प्रजातन्त्र पार्टीका देवेन्द्र प्रधानले २१५ मत प्राप्त गरेको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिइन्। उनका अनुसार चुनाव चिह्न पैतालाले १२० र लौरोले २३ मत प्राप्त गरेको छ।

दिउँसो १ बजेसम्म भएको दुई हजार २८६ मतगणनामा ९६ मत बदर भएको छ।

मंसिर ५, २०७९ सोमबार १३:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।