रुपन्देही- २ मा मतगणना सुरु, पाँच वटा मतपेटिका खोलियो

रुपन्देही- २ मा मतगणना सुरु, पाँच वटा मतपेटिका खोलियो

बुटवल: रुपन्देही क्षेत्र नम्बर २ को प्रतिनिधि सभातर्फ भर्खरै मतगणना सुरु भएको छ। बिहान ११ बजेदेखि मतगणना गर्ने भनिएकोमा सर्वदलीय बैठक लम्बिएकाले गणनामा केही ढिलाई भएको हो।

निर्वाचन अधिकृतको कार्यालय रहेको बुटवल उपमहानगरपालिकाको पुरानो भवनमा मतगणना सुरु भएको निर्वाचन अधिकृत उदवीर नेपालीले जानकारी दिए। सुरुमा सरस्वती मावि बुटवल–१ र न्युलाइट मावि तिलोत्तमाको पाँचवटा मतपेटिका खोलिएको छ।

रुपन्देही क्षेत्र नम्बर २ मा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र सत्ता गठबन्धनको समर्थनमा जनमुक्ति पार्टीका केशवबहादुर थापा (सूर्यवंशी) बीच मुख्य प्रतिस्पर्धा छ।

मंसिर ५, २०७९ सोमबार १३:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।