काठमाडौं–४: झिनो मतान्तरले गगन थापा अगाडि

काठमाडौं: जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका गगन थापा झिनो मतान्तरले अगाडि देखिएका छन्। हाल बूढानीलकण्ठ–१ जय भद्रकाली मतदान केन्द्रबाट मतगणना भइरहेको छ।
आज बिहान ११ बजेदेखि क्षेत्र नं ४ मा सुरु भएको मतगणनामा एक हजार ५११ मत गनिसक्दा कांग्रेसका थापाले ६६८ मत ल्याएका छन्। एमालेका राजन भट्टराईले ६३३ मत ल्याएर थापालाई पछ्याउँदै छन्।
निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डा. ठाकुरमोहन श्रेष्ठले ६५ मत प्राप्त गरेका छन्।स्वतन्त्रतर्फ अर्जुनकुमारले २८ र अर्चनशम्शेर राणाले १९ मत प्राप्त गरेका छन्।
हालसम्म यस क्षेत्रमा ३८ मत बदर भएको छ।
मंसिर ५, २०७९ सोमबार १३:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।