रुपन्देही- ५ को मतगणना सुरु, कांग्रेसका शाह र एमालेका घिमिरे मुख्य प्रतिस्पर्धी

बुटवल: रुपन्देही क्षेत्र नम्बर ५ को मतगणना थालिएको छ। सर्वदलीय बैठकामा छलफलपश्चात गैडहवा गाउँपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा केही समयअघिबाट मतगणना थालिएको हो।
अहिले कार्यालयमा तीन ठाउँमा मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख चिन्तामणि शर्माले जानकारी दिए। यस क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनका भरतकुमार शाह र नेकपा एमालेका वासुदेव घिमिरे मुख्य प्रतिस्पर्धामा छन्।
प्रदेश सभा सदस्यमा गठबन्धनका फखरुद्धिन खान, एमालेका भूमिश्वर ढकाल, विनोद पहाडी, रामचन्द्र यादव लगायत प्रतिस्पर्धामा छन्।
एक लाख २९ हजार १३५ मतदाता रहेको यस क्षेत्रमा ८५ हजार ७३६ मत खसेको छ।
मंसिर ५, २०७९ सोमबार १२:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।