काठमाडौं- १: प्रकाशमानले ल्याए ८१८ मत, १०७ मत बदर

काठमाडौं: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं- १ मा अग्रता कायमै राखेका छन्। सत्ता गठबन्धनको तर्फबाट उम्मेवार बनेका सिंहले हालसम्म ८१८ मत प्राप्त गरेका छन्।
यो क्षेत्रमा हालसम्म ३१८९ मत गणना भइसकेको छ। जसमध्ये १०७ मत भने बदर भएको छ।
यस्तै सिंहलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ७३६ मतसहित पछ्याइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ५२८ मत ल्याएका छन्।
एमालेका उम्मेदवार किरण पौडेलले ४९६ मत पाएर चौथो स्थानमा छन्। नेपाल सुशासन पार्टीका रमेश खरेलले ३५६ मत पाएका छन्।
मंसिर ५, २०७९ सोमबार १२:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।