मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेशको अग्रता 

मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेशको अग्रता 

पोखरा: मुस्ताङमा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। प्रतिनिधि सभाको एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा ५ हजार ८२० मत गणना हुँदा कांगेसका योगेश गौचन थकालीले तीन हजार १५६ मत पाएका छन्।

उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले दुई हजार ५२१ मत पाएका छन्। एमालेका उमेदवार तुलाचन २०७४ को निर्वाचानमा मुस्ताङबाट विजयी भएका थिए।

तर, यसपटक निर्वाचनमा कांग्रेसले उठाएका नयाँ अनुहार योगेशले मतगणनाको सुरुबाटै अग्रता लिएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ६६ मत पाएको छ। मुस्ताङमा १० हजार ९५७ जना मतदाता रहेकोमा सात हजार २३० मत खसेको थियो।

मंसिर ५, २०७९ सोमबार १२:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।