ललितपुर- २ मा एमालेका महर्जनको अग्रता, हाम्रो नेपाली पार्टीका शाक्यले पछ्याउँदै

ललितपुर- २ मा एमालेका महर्जनको अग्रता, हाम्रो नेपाली पार्टीका शाक्यले पछ्याउँदै

काठमाडौं: ललितपुरको निर्वाचन क्षेत्र नं २ मा १० हजार ८८ मतगणना हुँदा नेकपा एमाले अघि देखिएको छ। आज बिहान ५ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले दुई हजार ९८० मत प्राप्त गरेका छन्।

उनलाई हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले पछ्याइरहेका छन्। शाक्यले दुई हजार ४९७ मत प्राप्त गरेका छन्।

यस्तै एकीकृत समाजवादीका कृष्णलाल महर्जनले एक हजार ४७७ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले एक हजार ४९० मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले एक हजार ४२७ मत र अन्यले २१८ मत प्राप्त गरेको दुई नम्बर क्षेत्रका निर्वाचन अधिकृत दीपशिखा मुनकर्मीले जानकारी दिइन्।

सो निर्वाचन क्षेत्रमा कुल ८१ हजार ८९७ मतादाता रहेकोमा ५२ हजार ८८२ मत खसेको छ। सातदोबाटोस्थित नेपाल तेक्वान्दो सङ्घको कार्यालयमा मतगणना भइरहेको छ।

मंसिर ५, २०७९ सोमबार ११:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।