काठमाडौं- १: दुईटा बुथको गणना चलिरहँदा प्रकाशमानको अग्रता

काठमाडौं: आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको मतगणना हाल जारी छ। काठमाडौंका पनि विभिन्न निर्वाचन क्षेत्रको मतगणना चलिरहेको छ।
काठमाडौं- १ मा भने हालसम्म ११४६ मन गनिसकिएको छ। मिलन विद्या मन्दिर र छुनामुना विद्यालयको बुथ (क) को गणना चलिरहँदा हाल सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता बनाएका छन्।
सिंहले ३२६ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले २८९ मत प्राप्त गरेका छन्। मिश्रले सिंहलाई पछ्याइरहेका छन्।
यता तेस्रो स्थानमा देखिएका छन्- एमालेका किरण पौडेल। पौडेलले हालसम्म १२७ मत प्राप्त गरेका छन्।
यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपाल सुशासन पार्टीका रमेश खरेल लगायत उम्मेदवार छन्।
मंसिर ५, २०७९ सोमबार ११:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।