कास्की- २: स्वतन्त्र पार्टीका कँडेललाई पछ्याउँदै एमालेकी विद्या भट्टराई

पोखरा: कास्कीको निर्वाचन क्षेत्र नम्बर २ मा रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन्। सोमबार बिहानदेखि सुरु गरिएको मतगणनाको पछिल्लो मतपरिणामअनुसार एक हजार ७०४ मत मत गणना हुँदा स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले ५२८ मत पाएका छन्।
यस्तै, नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले ३९७ मत पाएकी छिन्। गठबन्धनतर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले २९६ मत प्राप्त गरेका छन्।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्तले २४९ मत पाएका छन्। तीन निर्वाचन क्षेत्र रहेका कास्कीका अन्य क्षेत्रको भने मतगणना सुरु भएको छैन। सर्वदलीय बैठक बसेर मतगणना गर्ने तयारी थालिएको छ।
मंसिर ५, २०७९ सोमबार १०:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।