काठमाडौं- ७: घण्टी अघि-अघि, सूर्य र हँसिया-हथौडा पछि-पछि

काठमाडौं: आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतगणना हाल जारी छ। काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ७ मा हालसम्मको गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी अघि छ।
बिहान १० बजेसम्मको गणनाअनुसार स्वतन्त्र पार्टीका उम्मेदवार (घण्टी छाप) गणेश पराजुलीले ३७५ मत ल्याएका छन्। उनले नै यस क्षेत्रमा सुरुदेखि अग्रता बनाएका छन्।
यस्तै उनलाई पछ्याउँदै छन् एमाले (सूर्य छाप) का उम्मेदवार श्यामकुमार घिमिरे। उनले हालसम्म ३०४ मत प्राप्त गरेका छन्।
सत्ता गठबन्धनको साथ लिएर उठेकी माओवादी केन्द्रकी (हँसिया-हथौडा छाप) मानुषी यमि भट्टराई (अस्मिता सिंह)ले २९० मत प्राप्त गरेकी छिन्।
यस्तै उनलाई पनि स्वतन्त्र उम्मेदवार तथा सांस्कृतिक अभियन्ता यादवलाल कायस्थले पछ्याउँदै छन्। कायस्थले १०८ मत प्राप्त गरेका छन्।
मंसिर ५, २०७९ सोमबार १०:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।