ललितपुर- ३: एक हजार ३११ मत गन्दा एमालेका खड्का अगाडि, स्वतन्त्र पार्टीकी तोसिमाले पछ्याउँदै

ललितपुर- ३: एक हजार ३११ मत गन्दा एमालेका खड्का अगाडि, स्वतन्त्र पार्टीकी तोसिमाले पछ्याउँदै

काठमाडौं: आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतदानको मतगणना हाल जारी छ। केही स्थानमा सर्वदलीय बैठक राखेर मतगणनाको तयारी गरिँदै छ।

हाल ललितपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा करिब एक हजार ३११ मत गनिसक्दा एमालेका उम्मेदवारले अग्रता बनाएका छन्। एमालेका अमृत खड्काले ५१६ मत प्राप्त गरेका छन्।

यस्तै दोस्रो स्थानमा चिकित्सा पेशाबाट राजनीतिमा होमिएकी तोसिमा कार्की रहेकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमाले ४९८ मत प्राप्त गरेकी छिन्।

यस क्षेत्रकी निवर्तमान सांसद माओवादीकी उम्मेदवार पम्फा भुसाल तेस्रो स्थानमा छिन्। हालसम्मको गणनामा सत्ता गठबन्धनकी साझा उम्मेदवार भुसालले केवल २९७ मत प्राप्त गरेकी छिन्।

मंसिर ५, २०७९ सोमबार ०९:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।