पाँचथरमा मध्याह्नबाट मतगणना गरिने

पाँचथरमा मध्याह्नबाट मतगणना गरिने

काठमाडौं: आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा पाँचथरमा ५४ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा ३९ हजार ६३७ जना पुरुष र ३५ हजार २६१ महिला गरी ७४ हजार ८९८ जना मतदाता रहेका छन्।

जिल्लाको कुम्मायक गाउँपालिका–४ स्थित सिद्ध माध्यमिक विद्यालय तिङदेन ‘ख’ मतदान केन्द्रमा प्रतिनिधि सभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीको २१  मतपत्र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीको मतपेटिकामा परेपछि झण्डै दुई घण्टा मतदान रोकिएको थियो।

जिल्लामा अहिले बिहानसम्ममा सबै मतदान केन्द्रका मतपेटिका मतगणनास्थलसम्म ल्याइएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मध्याह्नबाट मतगणना थाल्ने तयारी गरेका छन्।

यसका लागि बिहान ११ बजे दल तथा उम्मेदवारका प्रतिनिधिलाई बैठकका लागि बोलाइएको सो कार्यालयले जनाएको छ।

मंसिर ५, २०७९ सोमबार ०९:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।