एक रुपैयाँमै 'आईएमई पे'ले हवाई यात्रा गराउने

एक रुपैयाँमै 'आईएमई पे'ले हवाई यात्रा गराउने

काठमाडौं: 'आईएमई पे'ले हवाई यात्रा अफर सार्वजनिक गरेको छ। अफरअनुसार आईएमई पे एपमार्फत हवाई टिकट काट्नेमध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले एक रुपैयाँमा सो टिकट प्राप्त गर्न सक्नेछन्।

प्रयोगकर्ताहरूले हवाई टिकट खरिद गर्दा कुल रकम (फुल प्राइस) मै खरिद गर्नु पर्ने हुन्छ। यो अफरमा प्रतिदिन घोषित हुने एक जना भाग्यशाली विजेताले एक रुपैयाँबाहेकको पूर्ण मूल्य 'क्यासब्याक' अर्थात् फिर्ता पाउने छन्।

आम निर्वाचनमा मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यले 'आईएमई पे'ले यस्तो योजना अघि सारेको थियो।यो अफर कात्तिक ३० देखि सुरु भएको हो भने मङ्सिर ९ गतेसम्म कायम हुनेछ।

मंसिर ५, २०७९ सोमबार ०८:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।