बैतडीमा प्रहरी चढेको जीप दुर्घटना, तीन प्रहरीको घटनास्थलमै मृत्यु

बैतडीमा प्रहरी चढेको जीप दुर्घटना, तीन प्रहरीको घटनास्थलमै मृत्यु

काठमाडौं: दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङलाडी खोलामा प्रहरी सवार जीप दुर्घटनामा परेको छ। से१ज ८५४ नम्बरको जीप दुर्घटनामा परेको हो।

मतपेटिका पुर्याएर फर्कँदै गरेको नेपाल प्रहरी टोली सवार जीप दुर्घटनामा हँदा तीन प्रहरीको घटनास्थलमै मृत्युु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। उनले भने, “तीन जनाको मृत्यु भएको भन्ने खबर आएको छ, उद्धार जारी रहेको खबर छ, म आफैँ घटनास्थल जाँदैछु।”

जीप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ। रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालक अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।

मंसिर ५, २०७९ सोमबार ०८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।