भक्तपुर क्षेत्र नं २ मा मतगणना जारी, एमालेका बस्नेतभन्दा कांग्रेसका थापा ६०० मतले अघि

भक्तपुर क्षेत्र नं २ मा मतगणना जारी, एमालेका बस्नेतभन्दा कांग्रेसका थापा ६०० मतले अघि

काठमाडौं: भक्तपुर क्षेत्र नं २ को मतगणना जारी रहेको छ। हालसम्म नेपाली कांग्रेसले अग्रता लिएको छ।

मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिक केन्द्रमा सुरु भएको मतगणनामा अहिलेसम्म गठबन्धनका उम्मेदवार कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा एमालेका उम्मेदवार महेश बस्नेतभन्दा ६०० मतान्तरले अघि छन्।

मध्यपुरथिमि नगरपालिका–३ कौशलटार, सूर्यविनायक नगरपालिका–१ सिरुटार र सूर्यविनायक नगरपालिका–५ कटुन्जे तीनवटा मतदान केन्द्रका मतगणनामा कांग्रेसले दुई हजार ३३० मतले अग्रता लिएको छ। एमाले एक हजार ६३२ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई सय ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले चार सय २४ र नेपाल मजदूर किसान पार्टीले दुई सय ५० मत प्राप्त गरेको छ।

निर्वाचनमा भक्तपुरमा कुल एक लाख ९४ हजार ४३९ मतदाता रहेकोमा एक लाख ३९ हजार ९३८ मत खसेको अर्थात् ७१ दशमलव ९७ मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए।

मंसिर ५, २०७९ सोमबार ०८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।