विश्वकप: इङ्ग्ल्याण्ड र ईरान तथा नेदरल्याण्ड्स र सेनेगल भिड्दै

काठमाडौं: कतारमा जारी विश्वकप फुटबलमा आज दुई खेल हुनेछन्। पहिलो खेलमा ग्रप 'बी' अन्तर्गत इङ्ग्ल्याण्ड र ईरान भिड्नेछन् भने दोस्रो खेलमा ग्रुप 'ए' अन्तर्गत सेनेगल र नेदरल्याण्ड्स भिड्नेछन्।
नेपाली समयअनुसार इङ्ग्ल्याण्ड र ईरानबीचको खेल साँझ ६:४५ बाट सुरु हुनेछ। यो समूहबाट यी दुवै टोली अन्तिम १६ मा पुग्नसक्ने आकलन गरिएको छ। ईरानको यो छैटौँ विश्वकप सहभागिता हो र ऊ फिफा वरीयतामा एसियाकै सबैभन्दा बलियो टोली हो।
इङ्ग्ल्याण्ड र ईरान पहिलो पटक विश्वकपमा आमनेसामने हुँदैछन्।
यस्तै सेनेगल र नेदरल्याण्ड्सबीचको खेल राति ९:४५ बाट सुरु हुनेछ। सेनेगल आफ्नो महत्त्वपूर्ण खेलाडी साडियो मानेबिना नै मैदानमा उत्रनेछ।
मंसिर ५, २०७९ सोमबार ०७:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।