झापा- २ मा मतगणना सुरु

झापा- २ मा मतगणना सुरु

काठमाडौं: आइतबार सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतगणना सुरु भएको छ। झापाको निर्वाचन क्षेत्र नम्बर २ मा पनि मतगणना सुरु भएको छ।

आज बिहान ३ः३० बजेदेखि झापा क्षेत्र नं २ अन्तर्गतको अर्जुनधारा नगरपालिका–११ मा खसेको मतको गणना सुरु गरिएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए। झापा– २ मा हाल एक ठाउँबाट मतगणना सुरु भएको छ भने बिहान ९ बजेपछि पाँच/छ स्थानबाट गणना सुरु गरिने मत गणक कर्मचारी सौगात कटुवालले बताए।

करिब चार हजार ५०० मत गणना गर्न सुरु गरिएको र मतगणनाको परिणाम बिहान ९ बजे घोषणा गरिने उनले बताए।

क्षेत्र नं २ मा कुल मतदाताको ६५ दशमलव ४२ प्रतिशतअर्थात् ८७ हजार ७२३ मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ। जिल्लामा निर्वाचनमा ६७ दशमलव २७ मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।

जिल्लाको कुल मतदाता सङ्ख्या ६ लाख ६३ हजार ३११ रहेकोमा चार लाख ४६ हजार २५५ मत खसेको कार्यालयले जनाएको छ।

यस क्षेत्रमा एमालेका उम्मेदवार देवराज घिमिरे र माओवादी केन्द्रका हरिकुमार राना मगरबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।

मंसिर ५, २०७९ सोमबार ०७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।