मौसम: पश्चिमी वायु र बङ्गालको खाडीको न्यून चापीय क्षेत्रको प्रभाव

मौसम: पश्चिमी वायु र बङ्गालको खाडीको न्यून चापीय क्षेत्रको प्रभाव

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आजको मौसम सम्बन्धी भविष्यवाणी गरेको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव र बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षत्रको आंशिक प्रभाव रहेको छ।

यतिबेला गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १ लगायत गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

मंसिर ५, २०७९ सोमबार ०७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।