एक्जिट पोल : तेब्बर मतको अग्रताले जित्दैछन् ओली

एक्जिट पोल : तेब्बर मतको अग्रताले जित्दैछन् ओली

काठमाडौं : फ्याक्ट्स नेपालको एक्जिट पोलले झापा-५ मा एमाले अध्यक्ष केपी ओली प्रतिस्पर्धीभन्दा तेब्बर बढी मत ल्याएर जित्ने देखिएको छ।

झापा-५ मा उनका प्रतिस्पर्धी गठबन्धनका खगेन्द्र अधिकारीले २३% मत पाउँदा ओलीले ६३% पाउने देखिएको छ।

सो क्षेत्रमा एमालेलाई राप्रपाले सघाएको छ। यता ओली जित्दा उता राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन भने हार्ने देखिन्छ।

तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ७% पाउने देखिएको छ। 

मंसिर ५, २०७९ सोमबार ०१:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।