एक्जिट पोल : काठमाडौं-५ मा एक % मतले ईश्वर हार्दै

काठमाडौं : फ्याक्ट्स नेपालको एक्जिट पोलले काठमाडौं-५ बाट ईश्वर पोखरेल १% मतले हार्ने प्रक्षेपण गरेको छ।
गत निर्वाचनमा पोखरेल सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका प्रदीप पौडेल ३१% र पोखरेल ३०% मत पाएको उसको आकलन छ।
स्थिर अवधिमा पोखरेलको समर्थकले पैसा बाडेको आरोप लागेको थियो।
सोही क्षेत्रमा स्वतन्त्रबाट रन्जु दर्शना उम्मेदवार बनेकी थिइन्। स्वतन्त्र उम्मेदवार डा प्रणय शमशेर राणाले समेत १४% मत ल्याउने एक्जिट पोलले देखाएको छ। चौथोमा राप्रपा देखिएको छ।
मंसिर ५, २०७९ सोमबार ०१:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।