एक्जिट पोल : काठमाडौं-४ मा ५३% मत पाएर जित्दैछन् गगन

एक्जिट पोल : काठमाडौं-४ मा ५३% मत पाएर जित्दैछन् गगन

काठमाडौं : फ्याक्ट्स नेपालको एक्जिट पोलले काठमाडौं-४ बाट गगन थापाले ५३% मत ल्याएर जित्ने देखाएको छ।

एक्जिट पोलमा उनको प्रतिस्पर्धी एमालेका राजन भट्टराईले ३१% मत पाउने देखाएको छ। गत निर्वाचनमा पनि थापाले भट्टराईलाई नै हराएका थिए।

प्रधानमन्त्रीको उम्मेदवार बन्छु भन्दा बालुवाटार रिसाएर उनी विरुद्ध लाग्ने चर्चा चुलिए पनि मतदानमा त्यस्तो देखिएन। गगनले प्रतिनिधि सभामा पुगे यस पटक प्रधानमन्त्री बन्न संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन्।

तेस्रोमा राप्रपाका ठाकुर मोहन श्रेष्ठ देखिएका छन्। 

मंसिर ५, २०७९ सोमबार ००:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।