एक्जिट पोल : चितवन-२ मा रविको जित पक्का

काठमाडौं : फ्याक्ट्स नेपालको एक्जिट पोलले चितवन-२ मा ५३% मत पाएर रवि लामिछानेले जित्ने प्रक्षेपण गरेको छ।
एक्जिट पोलको अनुमानमा सो क्षेत्रबाट यस पटक पाँच दलीय गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ रवि भन्दा दोब्बर मतले पछाडि छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका रविले ५३% मत पाउँदा श्रेष्ठले २१ र एमालेका कृष्णभक्त पोखरेले १४% मत पाउने देखिएको छ।
अन्य एक्जिट पोलमा दोस्रोमा एमाले उम्मेदवार देखाए पनि जित रविकै पक्षमा आउने उल्लेख गरेकाले मतदाताले उनलाई राम्रै साथ दिएको देखिन्छ।
अमेरिकी नागरिकता लिएको पुष्टि भएसँगै खारेज भएको नेपाली नागरिकता नब्युँताई पुरानै नागरिकताको आधारमा उम्मेदवारी दर्ता गरेकाले यो प्रमाणित भए उनले जिते पनि नतिजा रद्द भएर उप-निर्वाचन हुनसक्छ।
मंसिर ५, २०७९ सोमबार ००:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।