चारै मत पेटिकाको मत गन्न काठमाडौं-१ को गणना सर्यो, अब बिहान मात्र

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकतर्फको मत एकै पटक गन्नुपर्ने भएपछि काठमाडौं-१ को गणना बिहान सरेको छ।
प्रत्यक्षतर्फको मात्र मत गर्ने निर्वाचन कार्यालयको तयारी थियो। तर निर्वाचन आयोगले चार वटै एकै पटक गन्न निर्देशन दिएपछि समय सारिएको हो।
मुख्य निर्वाचन अधिकृत राजु खतिवडाका अनुसार मत गणना स्थलको व्यवस्थापन र प्रतिनिधि बस्ने स्थान मिलाउन समय लाग्ने भएपछि बिहान ८ बजेबाट मत गन्ने निर्णय भएको हो।
काठमाडौं १ मा गठबन्धन, एमाले, राप्रपा अनि स्वतन्त्रहरूको उम्मेदवारबिच प्रतिस्पर्धा देखिन्छ।
मंसिर ५, २०७९ सोमबार ००:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।