एक्जिट पोल : माधव नेपाललाई रोक्न कठिन, बन्दैछन् सांसद

एक्जिट पोल : माधव नेपाललाई रोक्न कठिन, बन्दैछन् सांसद

काठमाडौं : फ्याक्ट्स नेपालको एक्जिट पोलले रौतहट-१ बाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रतिनिधि सभामा पुग्ने देखाएको छ।

काठमाडौं-२ छाडेर नेपाल रौतहट गएका थिए। नयाँ दल भए पनि पाँच दलीय गठबन्धनको बलमा उनी निर्वाचित हुने देखिएको छ।

गत निर्वाचनमा उनी एमाले माओवादी गठबन्धनबाट काठमाडौं-२ बाट निर्वाचित भएका थिए। नेकपा र एमालेमा अध्यक्ष केपी शर्मा ओलीसँग मतभेद भएपछि उनी सहितका नेताले नयाँ दल दर्ता गरेका थिए।

एक्जिट पोलको नतिजामा उनले जित्ने सम्भावना ५३% छ। उनको प्रतिस्पर्धी एमालेका उम्मेदवार अजय कुमार गुप्ताले ४४% मत ल्याउने देखिन्छ।

चौथोमा सिके राउतको जनमत पार्टी देखिन्छ। 

मंसिर ४, २०७९ आइतबार २३:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।