एक्जिट पोल : विश्वप्रकाश तीन प्रतिशत मतले अगाडि

एक्जिट पोल : विश्वप्रकाश तीन प्रतिशत मतले अगाडि

काठमाडौं : फ्याक्ट्स नेपालको एक्जिट पोलले झापा १ मा गठबन्धनका उम्मेदवार विश्वप्रकाश शर्मा प्रतिस्पर्धीभन्दा तीन प्रतिशत मतले अगाडि देखिएका छन्।

एमाले उम्मेदवार अग्नि खरेलले  ४६% मत पाउँदा शर्माले ४९% मत पाउने देखाएको छ। शर्माले जिते यो उनको पहिलो संसद् यात्रा हुनेछ।

मतदातामाझ प्रिय भए पनि शर्मा चुनावी अङ्कगणितमा पछि पर्दै आएका थिए। उनी यसै पटक कांग्रेस महामन्त्रीमा निर्वाचित भएका थिए। 

मंसिर ४, २०७९ आइतबार २२:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।