एक्जिट पोलले भन्दैछ 'राजेन्द्र लिङदेन हार्दैछन् झापामा'

एक्जिट पोलले भन्दैछ 'राजेन्द्र लिङदेन हार्दैछन् झापामा'

काठमाडौं : फ्याक्ट्स नेपालको एक्जिट पोलले यस पटक झापा-३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पराजित हुने देखाएको छ। तर मार्जिन धेरै छैन।

गत निर्वाचनमा लिङदेनले पराजित गरेका पाँच दलीय गठबन्धनका उम्मेदवार कृष्ण सिटौला ४% मतले अगाडि देखिएका छन्।

सिटौलाको ४५% मत आउने देखिँदा लिङदेनको ४१% देखिएको छ। लिङदेनलाई एमालेको समर्थन थियो।

२०७४ मा पनि उनलाई एमाले/माओवादीको गठबन्धनले समर्थन गरेको थियो। ओली झापा गएर लिङदेनलाई जिताउन आग्रह गरेका थिए।

तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठक देखिएका छन्। रास्वपाले ६% मत पाउने देखिन्छ। 

मंसिर ४, २०७९ आइतबार २२:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।