भ्यालेन्सियाको पेनाल्टीमा इक्वेडरको अग्रता

काठमाडौं : विश्वकपको उद्घाटन खेलमा आयोजक राष्ट्र कतार विरुद्ध इक्वेडरले एक गोलको अग्रता लिएको छ।
खेलको १५ औँ मिनेटमा कतारका गोलकिपरले फउल गरेपछि इक्वेडरले पेनाल्टी पाएको थियो।
इक्वेडरका कप्तान इनर भ्यालेन्सियाले गोल गर्दै सुरुवाती अग्रता बनाए।
खेलको तेस्रो मिनेटमा इक्वेडरका लागि भ्यालेन्सियाले गोल गरेका थिए। तर भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को मद्दतमा रेफ्रीले अफसाइड दिएपछि गोल रद्द भयो।
कतार विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा भइरहेको छ।
मंसिर ४, २०७९ आइतबार २२:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।