मतदान गर्न गएका वृद्धकाे मतदान केन्द्रमै निधन

मतदान गर्न गएका वृद्धकाे मतदान केन्द्रमै निधन

तेह्रथुम : जिल्लामा मतदान गर्न मतदान केन्द्रमा पुगेका एक वृद्धको निधन भएको छ।

लालीगुराँस नगरपालिका–८ सोल्मास्थित रत्न मावि मतदान केन्द्रमा भोट हाल्न पुगेका ८८ वर्षीय योङहाङ दीप लिम्बूको मतदान केन्द्रमै निधन भएको हो।

रत्न मावि मतदान केन्द्रको गेटमा पुगेपछि लिम्बू लडेका थिए। वृद्ध उच्च रक्तचापको बिरामी रहेको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जनाकारी दिए।

मंसिर ४, २०७९ आइतबार २१:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।