निर्वाचन आयोगले भन्यो– ६१ प्रतिशत मतदान भयो

निर्वाचन आयोगले भन्यो– ६१ प्रतिशत मतदान भयो

काठमाडौं : आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ।

आइतबार साँझ पत्रकार सम्मेलन गर्दै  प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार ६१ प्रतिशत मतदान भएको जानकारी दिएका छन्।

सबै विवरण प्रविष्ट हुँदा केही प्रतिशत थप हुन सक्ने आशा गरेको उनले बताए। आयोगले अनुमान गरेको ७० प्रतिशतभन्दा थोरै मात्र मतदान भएको उनको भनाइ छ।

सुर्खेत, नवलपरासी पूर्व, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा भने मतदान स्थगित भएको प्रमुख निर्वाचन आयुक्तले जानकारी दिए।

निर्वाचनका क्रममा बाजुरामा एक जनाको मृत्यु भएको समेत उनले बताए।

मंसिर ४, २०७९ आइतबार २०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।