उत्साहहीन मतदान, निराश मतदाता

तस्बिर : प्रजु पन्त
लमजुङ : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदातामा उत्साह देखिए। अधिकांश मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति पातलो थियो।
यस्तै रह्यो लमजुङ बेशीसहर ११ को जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रको अवस्था पनि । एक हजार नौ सय मतदाता रहेको यो केन्द्रमा मतदाताकोहरुको उपस्थिति पातलो रह्यो।
पाँच वर्ष सरकार चलाउने जनमत कसलाई दिने भन्नेमा मतदातामा उत्साह थिएन। जो आएका थिए उनीहरूमा पनि मताधिकार प्रयोग गर्न पाएकोमा त्यति उत्साह देखिएन।
मंसिर ४, २०७९ आइतबार १९:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।