बर्दियामा निर्वाचन खटिएका सहायक कर्मचारीको मृत्य, आयोगको शोक विज्ञप्ति

बर्दियामा निर्वाचन खटिएका सहायक कर्मचारीको मृत्य, आयोगको शोक विज्ञप्ति

काठमाडौं : बर्दियामा निर्वाचन खटिएका सहायक कर्मचारीको मृत्यु भएको छ।

जिल्लाको गेरुवा गाउँपालिका–५ स्थित पशुपति आधारभूत विद्यालय, पशुपतिनगर मतदान केन्द्र (ख)मा सहायक कर्मचारीका रूपमा खटिएका जनप्रिय आधारभूत विद्यालयका शिक्षक विमल ज्ञवालीको मृत्यु भएको हो।

यसैबीच आयोगले ज्ञवालीको मृत्युमा शोक व्यक्त गरेको छ। आयोगले परिवारमा समवेदना व्यक्त गर्दै निर्वाचनमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षा र व्यक्तिगत सुरक्षा प्रबन्धका लागि कुनै कसर बाँकी नराख्न गृह मन्त्रालयलाई आग्रह गरेको छ।

मंसिर ४, २०७९ आइतबार १९:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।