सागरले मागे गुहार : बुथको बाकस जोगाइदिन भिडियाे गरिदिनुस्

सागरले मागे गुहार : बुथको बाकस जोगाइदिन भिडियाे गरिदिनुस्

काठमाडौं : डडेल्धुराका प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार सागर ढकालले बुथको बाकसमा आफ्नो प्रतिनिधि राख्न नदिएकाे भन्दै सामाजिक सञ्जालमार्फत गुहार मागेका छन्।

उनले सामाजिक सञ्जालमा भिडियो गर्दै आफ्ना प्रतिनिधि नहुँदा बुथको बाकस असुरक्षित हुने बताएका हुन्।

उनले भनेका छन, ‘नेपालीवासीलाई अनुरोध गर्छु, बुथको बक्स लानेमा मेरा प्रतिनिधि बक्ससँगै जान पाएका छैनन्, साथीहरूलाई छिर्न दिएको छैन, बुथको बाकस जोगाइदिनु पर्नेछ, कुनै कुनामा डडेल्धुराका जनता हुनुहुन्छ होला, भिडियो गरिदिनुहोला, कहाँ गाडी रोकिएको छ, यसको पनि रेकर्ड गरेर हालिदिनु होला।’

उनले जिल्ला मुख्य निर्वाचन अधिकृतलाई फोन गरी यसबारे बुझ्दा पनि अधिकृतले सहमतिअनुसार एक जना जान पाइने भने पनि प्रशासनले नदिएको उनको गुनासो छ। उनले डडेलधुरामा न्याय पाउन गाह्रो भएको बताए।

उक्त क्षेत्रमा उनी प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धी हुन्।

मंसिर ४, २०७९ आइतबार १९:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।