रुपन्देहीमा ६१ प्रतिशत मत खस्याे

बुटवल : रुपन्देहीमा ६१ प्रतिशत मतदान भएको छ।
दिउँसो ४ बजेसम्म जिल्लाभर ६१ प्रतिशत मत खसेको निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले उकेरालाई जानकारी दिए।
जिल्लाभर विहानैदेखि मतदान भइरहेको छ। केही स्थानमा सामान्य विवाद भएको थियो।
सालझण्डीको पशुपति मावि मतदान केन्द्रमा मतपत्र दिने क्रममा प्रदेश सभातर्फ दिनुपर्ने ठाउँमा प्रतिनिधिसभाको मतपत्र दिएपछि पुनः मतदान गरिएको थियो।
मंसिर ४, २०७९ आइतबार १६:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।