गृहमन्त्री बालकृष्ण खाँणले गरे मतदान

गृहमन्त्री बालकृष्ण खाँणले गरे मतदान

बुटवल : गृहमन्त्री बालकृष्ण खाँणले मतदान गरेका छन्।

उनले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा रहेको ज्योती आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन्। उनले दिउँसो ३ बजे मतदान गरेका हुन्।

खाँण नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार समेत रहेका छन्। उनलाई सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूको समर्थन छ।

मंसिर ४, २०७९ आइतबार १६:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।