पौने १ बजेसम्म देशभर ३२ प्रतिशत मतदानः निर्वाचन आयोग

पौने १ बजेसम्म देशभर ३२ प्रतिशत मतदानः निर्वाचन आयोग

काठमाडौं: आज भइरहेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा देशभर पौने १ (१२ः४५) बजेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिएका हुन्। 
 

साथै, प्रवक्ता पौडेलले केही छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्णरूपमा मतदान जारी रहेको बताए।

मंसिर ४, २०७९ आइतबार १३:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।