इच्छाएको व्यक्तिले मतदान गर्न पाउने विषयमा विवाद हुँदा आश्राङमा साढे १२ बजेदेखि बल्ल सुरु भयो मतदान

इच्छाएको व्यक्तिले मतदान गर्न पाउने विषयमा विवाद हुँदा आश्राङमा साढे १२ बजेदेखि बल्ल सुरु भयो मतदान
साङ्केतिक तस्बिर

काठमाडौं: ललितपुरको बागमती गाउँपालिका वडा नं ५ स्थित आश्राङको भगवती प्राविमा साढे १२ बजेबाट मतदान सुरु भएको छ। वडा नं ५ का अध्यक्ष नारायण बमजनले हिजो राजनीतिक दलबीच इच्छाएको व्यक्तिले मतदान दिन पाउने सहमति भए पनि आज सोही विषयमा विवाद उत्पन्न भएपछि समयमै मतदान सुरु हुन नसकेको बताए।

“विवादपछि एकाघरकाले मतदान दिन पाउने सहमति भएपछि यहाँ मतदान सुरु भएको हो”, उनले भने।

मंसिर ४, २०७९ आइतबार १३:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।