असल जनप्रतिनिधि छान्न युवा मतदातामा हुटहुटी

काठमाडौं: प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन आज देशैभर जारी छ। प्रतिनिधि सभातर्फ १६५ प्रत्यक्ष र ११० समानुपातिक सदस्य पदका लागि आज मतदान भइरहेको छ।
यस्तै प्रदेशतर्फ प्रत्यक्षमा ३३० सदस्य र समानुपातिकमा २१० सदस्यका लागि आज मतदान जारी छ।
यसपटकको निर्वाचनमा धेरै क्षेत्रमा युवा उम्मेदवारको उम्मेदवारी परेको छ। स्वतन्त्रसहित राष्ट्रिय दलहरूले समेत विभिन्न क्षेत्रमा युवा उम्मेदवार उठाएका छन्।
त्यसैले पनि यसपटकको निर्वाचनमा युवा मतदाताको क्रेज देखिएको छ। बालकोटस्थित महेन्द्र शान्ति विद्यालयमा रहेको मतदान केन्द्रमा यस्तै दृश्य देखियो। युवा मतदाताहरू लामबद्ध भएर मतदानमा सहभागी भएको देखियो।
उनीहरूमा आगामी पाँच वर्ष असल जनप्रतिनिधि छान्ने हुटहुटी भएको देखियो।
मंसिर ४, २०७९ आइतबार १२:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।