मतदानमा गम्भीर लापरवाही: प्रदेशको मतपत्र दिनुपर्नेमा प्रतिनिधि सभातर्फको मतपत्र दिइयो

मतदानमा गम्भीर लापरवाही: प्रदेशको मतपत्र दिनुपर्नेमा प्रतिनिधि सभातर्फको मतपत्र दिइयो

बुटवल: मतदानका क्रममा रुपन्देहीको सालझण्डीकाे पशुपति माविकाे मतदान केन्द्रमा गम्भीर लापरवाही गरेको पाइएको छ। प्रदेश सभातर्फको मतपत्र दिनुपर्नेमा प्रतिनिधि सभातर्फको मतपत्र दिएको पाइएको हो।

प्रदेश सभातर्फ मतदान गर्न गएका करिब ३० मतदातालाई प्रतिनिधि सभातर्फको मतपत्र दिएको पाइएपछि हाल तनाव उत्पन्न भएको छ।

हाल सो मतदान केन्द्रमा पुनः मतदानको तयारी हुँदैछ। यसबारे थप विवरण आउन बाँकी छ।

मंसिर ४, २०७९ आइतबार १२:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।