कास्कीको माछापुच्छ्रेमा मतपेटिका फुटाइयो, नेकपा बहुमतका विक पक्राउ

पोखरा: कास्कीको निर्वाचन क्षेत्र नं ३ को माछापुच्छ्रे लुम्रे तारबराह आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिका फुटाउने एक जना पक्राउ परेका छन्। निर्वाचन बहिष्कार गरेको धमेन्द्र बाँस्तोला नेतृत्त्वको नेकपा बहुमत पार्टीका ईलाका समिति सदस्य टुकबहादुर विकले लुम्रे मतदान केन्द्रको मतपेटिका फुटाएका हुन्।
अपाङ्ग र ज्येष्ठ नागरिकका बारेमा सर्वदलीय छलफलले गरेको निर्णयका बारेमा विवाद उत्पन्न भएर मतदान केन्द्रमा खटिएका एजेन्टहरू छलफलमा रहेको अवस्थामा विकले मतपेटिका फुटाएका थिए।
मतपेटिका फुटेपछि छरपस्ट भएको मतपत्रलाई सर्वदलीय सहमतिका आधारमा मुचुल्का उठाएर दलबीच सहमति भएसँगै आधा घण्टापछि मतदान पुनः सुचारु भएको छ।
मतपेटिका फुटाउने विकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धन गरिरहेको जनाएको छ।
मंसिर ४, २०७९ आइतबार १२:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।